धनुषा कर्तिक ३०— धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गरिएको घातक गोली प्रहार प्रकरणमा संलग्न ४ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८२/०७/२८ गते राति करिब १८:४५ बजे वडा अध्यक्ष यादवको छातीमा गोली हानी गम्भीर घाइते बनाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घटनापछि अनुसन्धानका लागि खटिएको प्रहरीले फरार रहेका ४ जनालाई पक्राउ गर्न सफल भएको छ। उनीहरूबाट घटनामा प्रयोग भएको कटुवा पेस्तोल र गोली समेत बरामद गरिएको प्रहरीले माहिती दिएको छ।
पक्राउ परेकाहरूमाथि सम्मानित अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।






