घोराहीमा सामान्य विवादका बीच श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

२०८२ मंसिर १, सोमबार १३:४७

दाङ — घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा पुस्तक पसल सञ्चालन गर्दै आएका, रोल्पा परिवर्तन गाउँपालिका–१ निवासी २३ वर्षीय सन्जु सुनारलाई आफ्नी २५ वर्षीया श्रीमती सिता सुनारको हत्या गरेको आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ।

सामान्य झगडाका क्रममा सन्जुले सिताको ज्यान गएको भन्दै घटना बारे स्वयं प्रहरीलाई जानकारी गराएपछि वडा प्रहरी कार्यालय घोराहीले उनलाई नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?