मलंगवा, ०३ मंसिर – जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानबाट बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहका ५ जना नेपाली र ४ जना भारतीयलाई सार्वजनिक गरिएको हो ।






