‘सार्वभौम नागरिक पार्टी’ दर्ता: गणेश कुमार मण्डलको नेतृत्वमा नयाँ राजनीतिक विकल्पको जन्म

२०८२ मंसिर ८, सोमबार २२:५१

काठमाडौँ,०८ मंसिर ; नागरिकतन्त्र स्थापनाको मूल उद्देश्य लिएर अगाडि बढेको सार्वभौम नागरिक पार्टी आज निर्वाचन आयोगमा औपचारिक दर्ता भई दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।

आवश्यक कागजात, हस्ताक्षर तथा प्रक्रिया पूरा गरेपछि आयोगले पार्टीलाई मान्यता दिएको हो। दर्ता प्रमाणपत्र प्राप्त गरेपछि अब पार्टी आगामी निर्वाचनहरूमा सहभागी हुन पन्छिएको मार्ग खुलेको छ।

पार्टीका प्रतिनिधिहरूका अनुसार, सर्वभौम नागरिक पार्टीले नागरिक सर्वोच्चता, पारदर्शिता, उत्तरदायित्वपूर्ण शासन र सामाजिक न्याय मुख्य एजेन्डा बनाउँदै राष्ट्रिय राजनीतिक भूमिकामा सक्रिय हुने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?