गाउँमै कुटिइन् पूर्वसांसद गंगा थारु, बाटो विवादपछि महिलामार्फत आक्रमण

२०८२ मंसिर १३, शनिबार ०९:०७

जनकपुरधाम, मंसिर १३ । पूर्वसांसद गंगा थारु राप्ती गाउँपालिका–७ मा बाटोसम्बन्धी विवादका क्रममा गाउँकै महिलामार्फत कुटपिटको शिकार भएकी छन्। स्थानीय स्रोतका अनुसार विवादको विषयमा छलफल भइरहेका बेला थारु र एक महिलाबीच वाक्लाप बढेपछि अन्य महिलाले थारुमाथि लछारपछार गर्दै हमला गरेका थिए।

थारुले आफूलाई माओवादी कार्यकर्ताले कुटपिट गरेको आरोप लगाउँदै मंगलसूत्रसमेत खोसिएको दाबी गरेकी छन्। घुँडामा चोट लागेको बताउँदै उनले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै सिसहनिया अस्थायी प्रहरी चौकीमा उजुरी दिएकी छन्। विभिन्न राजनीतिक दलहरूमा आवत–जावत गर्दै आएकी थारु हाल राजावादी अभियानमा सक्रिय छिन्।

प्रहरीका वरिष्ठ असई रकमबहादुर खड्काका अनुसार जग्गाको सिमाना विवादकै कारण गंगा थारु र छिमेकीबीच हात हालाहाल भएको पुष्टि भएको छ। दुवै पक्षले ठाडो निवेदन दिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?