मंसिर २०, महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित विभिन्न परियोजनाको अनुगमन गरिएको छ ।
पिपरा गाउँपालिका वडा नं. १, ४, ६, र ७ मा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको अनुगमन गरिएको हो ।पालिकाको वडा ०४ मा एउटा डिप बोरिङ्ग र ५ वटामा हातेकल परियोजनाको अनुगमन गरिएको हो ।

सेभ द चिल्ड्रेनको साझेदारीमा रतौली युवा क्लवको आयोजनामा सञ्चालित परियोजनाहरूको अनुगमन गरिएको थियो ।पिपरा गाउँपालिका प्रमुख जानकीराम यादवको संयोजकत्वमा गएको अनुगमन टोलीले समुन्नती कार्यक्रम सुख्खामा सहयोग अन्तर्गतका विभिन्न गतिविधिहरूको स्थलगत अवलोकन गरेको छ ।
स्थानीयले अनुगमन टोलीसंग अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेको छ।अनुगमन टोलीले संकलित सुझाव र आवश्यकताहरूलाई पालिका र रतौली युवा क्लबसंग समन्वय गरी कार्यान्वयन गरिने जनाएको छ।
अनुगमन टोलीमा प्रमुख यादवसहित रतौली युवा क्लबको कार्यकारी अध्यक्ष बैधनाथ चौधरी, पालिकाका वडा सबै अध्यक्ष , पालिकाका शाखा प्रमुखहरु लगायत सहभागी थिए।






