बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको निर्मम हत्या र अत्याचारको विरोधमा हिन्दू सम्राट सेनाले जलेश्वरमा व्यापक विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले बंगलादेशमा हिन्दूहरू असुरक्षित बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले दिपुचन्द्र दासको हत्या मानवअधिकारको ठाडो उल्लंघन भएको बताउँदै दोषीलाई तुरुन्त पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार आयोग र विश्वका हिन्दू संगठनहरूलाई घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन्।
हिन्दू सम्राट सेनाका अगुवाहरूले “जहाँ–जहाँ हिन्दूमाथि अत्याचार हुन्छ, त्यहाँ हाम्रो आवाज उठ्छ” भन्दै विश्वभरका हिन्दूहरूलाई एकजुट भएर अत्याचारविरुद्ध उभिन आह्वान गरेका छन्।
उनीहरूले बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको हिंसा तत्काल रोक्न, पीडितलाई न्याय दिन र धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्न सरकार तथा अन्तर्राष्ट्रिय निकायसँग माग गरेका छन्।






