संघर्षबाट सफलतासम्म : ९ घण्टा ज्याला मजदुरी गर्दै MBBS फुल स्कलरशिपमा नाम निकाल्ने सत्य नारायण साफी

२०८२ पुष १०, बिहीबार ११:०८

सिरहा, पुष १०— आर्थिक अवस्था कमजोर हुँदा पनि हार नमानी निरन्तर संघर्ष गरेर सिरहाका सत्य नारायण साफीले MBBS Full Scholarship मा नाम निकाल्न सफल भएका छन्। परिवार र आफ्नो खर्च टार्नका लागि उनले हरेक दिन करिब ९ घण्टा ज्याला मजदुरी गर्दै अध्ययनलाई निरन्तरता दिएका थिए।

दिनभर कठोर श्रम गरेपछि पनि रात–दिन पढाइमा जुट्ने उनको अनुशासन मेहनत र आत्मविश्वासले आज ठूलो सफलता दिलाएको छ। सीमित स्रोतसाधन आर्थिक अभाव र थकानबीच पनि आफ्नो सपना नछाड्नु नै उनको सबैभन्दा ठूलो शक्ति बन्यो ।

सत्य नारायण साफीको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन गरिबी अभाव र संघर्षसँग जुधिरहेका हजारौँ विद्यार्थीका लागि आशाको दीप बनेको छ। इच्छाशक्ति, निरन्तर मेहनत र दृढ संकल्प भए असम्भव जस्तो देखिने लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।

उनको संघर्ष र सफलताले समाजलाई एक स्पष्ट सन्देश दिएको छ—{परिस्थिति जे भए पनि सपना पूरा गर्न मेहनत र विश्वास कहिल्यै कमजोर हुनु हुँदैन।}

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?