काठमाडौं पुष १४। प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन्।
नयाँबानेश्वर–बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा आज बिहान मृत अवस्थामा फेला परेका हुन्।
घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्याएकी थिइन्। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सहायक हबल्दार थापाको मृत्युको कारण खुल्न बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी






