जनकपुरधाम, पौष १९ : राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुर उपमहानगरपालिका वडा नं. ९ को वडा भेला आज मिति २०८२ साल पौष १९ गते शनिबार सम्पन्न भएको छ। नगर सभापति ललन नायकको अध्यक्षतामा सम्पन्न भेलाले सर्वसम्मत रूपमा वडा स्तरीय कमिटी गठन गरेको छ।
भेलाबाट गठन भएको वडा कमिटीको सभापतिमा निलशंकर यादव चयन भएका छन्। त्यसैगरी उपसभापतिमा अंकित कर्ण, सचिवमा इञ्जिनियर रञ्जित कुमार यादव चयन भएका छन्। सदस्यहरूमा सन्तोष कुमार कर्ण, राहुल कुमार मण्डल, इञ्जिनियर अजय साह र सीमा दहाल चयन भएका छन्।
भेलामा वक्ताहरूले पार्टीलाई वडा स्तरबाट सुदृढ बनाउँदै जनताको समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै नवगठित कमिटीले संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र सुशासनको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।
नवगठित वडा स्तरीय कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।






