जनकपुरधामः मधेशी भाषा संस्थागत भएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन गरिएको छ ।प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित तीन जना सांसदहरुले मधेशी भाषामा शपथ लिएपछि मधेशी भाषा संस्थागत भएको भन्दै दिप प्रज्वलनसहित खुशियाली मनाइएको छ ।
अईतबार साँझ जनकपुरधामस्थित पिडारी चौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका विधार्थी नेता मनिष ठाकुर ले आजबाट विश्वमा मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको भन्दै खुशी व्यक्त गरे ।
नेता ठाकुर ले भने,‘मधेशी भाषा अथवा मध्यदेशीय भाषाको परिकल्पनाकार डा.सीके राउतलाई धन्यवाद दिन चहान्छु । उहाँले मधेशी भाषाको परिकल्पना गरी मधेशका भाषाहरुलाई संस्थागत गराउनु भयो।’
‘मधेशमा बोलिने सबै भाषा मधेशी भाषा हुन्। यो भाषा मधेशीहरु स्वयम्ले बोल्ने गरेका छन्’, नेता ठाकुर ले भने,‘मधेशी भाषा कसैमाथि लादिने भाषा होइन। यो पूर्वदेखि पश्चिमसम्मका मधेशीहरुको भाषा हो।’कार्यक्रममा जनकपुरधामका स्थानीयबासीसहित विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।





