जनकपुरधाम, पौष २६।श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय, जनकपुरधाम–२४, बसहियामा शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशद्वारा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत निर्माण गरिएको दुई कोठे विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी प्रमुख अतिथिका रूपमा सहभागी भइन्। मन्त्री तिवारीले शिक्षा क्षेत्रमा पूर्वाधार सुदृढीकरणले सिकाइ वातावरणलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास व्यक्त गरिन्। भौतिक संरचनाको विकाससँगै विद्यार्थीको शैक्षिक उपलब्धिमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा सुधारका लागि यस्ता पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।






