हिन्दू सम्राट सेना जलेश्वरद्वारा पृथ्वीनारायण शाहको ३०४औँ जयन्ती भव्यताका साथ मनाइयो

२०८२ पुष २७, आईतवार १४:२०

जनकपुरधाम पौष २७ :हिन्दू सम्राट सेना जलेश्वरद्वारा आज राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।

कार्यक्रमअन्तर्गत पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता र स्वाभिमानको महत्वबारे चर्चा गरिएको थियो। नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै उहाँका राष्ट्रनिर्माणसम्बन्धी विचार आज पनि सान्दर्भिक रहेको बताएका छन्।

हिन्दू सम्राट सेना जलेश्वरले यस्ता कार्यक्रमले युवापुस्तामा राष्ट्रप्रेम, एकता र अनुशासनको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा संगठनका पदाधिकारी, सदस्य तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?