ट्रक दुर्घटनामा पर्दा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु

२०८२ माघ १, बिहीबार १२:४७

जनकपुरधाम ,माघ १ : सुनसरी जिल्लामा मार्बल बोकेको एक ट्रक दुर्घटनामा पर्दा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका तीन जनालाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। दुर्घटनाको विस्तृत विवरण तथा मृतक–घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?