बालेन शाह आज पहिलोपटक रास्वपा पार्टी कार्यालय च:मति पुग्दै, महानगर प्रमुख पदबाट राजीनामा दिने तयारी

२०८२ माघ ४, आईतवार ११:४८

काठमाडौं, माघ ४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय च:मति पुग्ने भएका छन्। स्रोतका अनुसार उनी दिउँसो १ बजे घण्टीघर पुग्ने कार्यक्रम छ।

आजै बालेन शाहले काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट औपचारिक रूपमा राजीनामा दिने तयारी गरेका छन्। पुस १३ गते रास्वपामा प्रवेश गरेका बालेनका लागि पार्टी कार्यालयमा विशेष स्वागतको व्यवस्था गरिएको छ भने उनको लागि छुट्टै कार्यकक्षसमेत तयार पारिएको छ।

पार्टी कार्यालयमा हुने कार्यक्रममा बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेले छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनपछि दुवै नेता  जनकपुर प्रस्थान गर्ने कार्यतालिका तय भएको छ।

बालेन शाहको सक्रिय राजनीतिक भूमिकाले रास्वपाको संगठनात्मक तथा राजनीतिक गतिविधिमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?