सामाजिक उत्तरदायित्व निभाउँदै रुपेश यादवको पहिलो रक्तदान

२०८२ फाल्गुन २, शनिबार २२:१५

प्रेस जनमत संघका जिल्ला अध्यक्ष रुपेश यादवले पहिलोपटक रक्तदान गर्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्। उपचाररत एक बिरामीलाई अत्यावश्यक रगत अभाव भएको जानकारी पाएपछि अध्यक्ष यादव स्वयं उपस्थित भई रक्तदान गरेका हुन्।

रक्तदानपछि उनले मानव जीवनभन्दा ठूलो केही नरहेको उल्लेख गर्दै आवश्यक पर्दा सबैले रक्तदान गर्नुपर्ने बताए। “रक्तदान नै जीवनदान हो, मेरो सानो प्रयासले कसैको जीवन बच्न सके त्यसभन्दा ठूलो खुशी अरू केही हुँदैन,” उनले प्रतिक्रिया दिए।

उनको यस कदमले सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको छ। पहिलोपटक रक्तदान गरे पनि आगामी दिनमा पनि नियमित रूपमा यस्ता मानवीय कार्यमा सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?