जलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा हिजो रातिदेखि नै भक्तजनहरूको ठूलो भीड

२०८२ फाल्गुन ३, आईतवार १५:४७

जलेश्वर ,फागुन ३, आकाश शाह :  महोत्तरी  जिल्लाको सदरमुकाम जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा हिजो रातिदेखि नै भक्तजनहरूको ठूलो भीड लागेको छ। भगवान शिवको विशेष पूजा–अर्चना तथा जलअर्पण गर्न हजारौँ श्रद्धालुहरू मन्दिर परिसरमा भेला भएका छन्।

बिहान देखि नै दर्शनका लागि लामो लाइन लागेको छ भने टाढा–टाढाबाट आएका भक्तजनहरू उपवास बस्दै भजन–कीर्तनमा सहभागी भइरहेका छन्। मन्दिर क्षेत्र पूर्ण रूपमा भक्तिमय बनेको छ।

भीड व्यवस्थापनका लागि स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने सरसफाइ र स्वास्थ्य सेवामा पनि विशेष ध्यान दिइएको छ।

शिवरात्रिका कारण मन्दिर आसपासका बजार क्षेत्रमा समेत चहलपहल बढेको छ। पूजासामग्री, फलफूल तथा प्रसाद पसलहरूमा किनमेल गर्नेहरूको उल्लेखनीय भीड देखिएको छ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व भएकाले प्रत्येक वर्ष जलेश्वरमा विशेष उत्साहका साथ मनाइँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?