राजविराज अस्पतालमा भीषण आगलागी, सेना र स्थानीयद्वारा नियन्त्रण प्रयास जारी

२०८२ फाल्गुन २५, सोमबार १३:०१

सप्तरी, राजविराज — सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल मा भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार अस्पताल परिसरमा लागेको आगलागी वायर सर्टका कारण भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, प्रहरी, दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीका कारण अस्पताल परिसरमा त्रासको वातावरण बनेको छ।

हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन। आगलागी कसरी सुरु भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?