गोरखामा ईभी गाडी दुर्घटना : ७ भारतीय नागरिकको मृत्यु, ८ घाइते

२०८२ फाल्गुन ३०, शनिबार २१:४७

फाल्गुन ३० – मनकामना मन्दिर दर्शन गरी फर्किने क्रममा ओरालो बाटोमा ईभी गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई गम्भीर अवस्थामा भरतपुर रिफर गरिएको छ। दुर्घटनामा गाडी सडकबाट करिब १५०–२०० मिटर तल खसेको थियो।

शहिद लखन गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिपक पाण्डेका अनुसार, “बाटो निकै ठाडो र अप्ठ्यारो छ, त्यसमाथि पानी पनि परिरहेको थियो। ब्रेक फेल भएर गाडी तल खसेजस्तो देखिन्छ।

सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा उद्धार र शव निकाल्ने कार्यमा खटिएको छ। दुर्घटनाको सम्भावित कारण ओरालो बाटो, ब्रेक फेल र चालकको अपरिचितता रहेको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?