रामानन्द चौकमा जेब्रा क्रसिङपछि सहज आवतजावत, दुर्घटना जोखिम घट्दै

२०८२ चैत्र ६, शुक्रबार ०९:५२

जनकपुरधाम चैत्र ६ — जनकपुरधामको व्यस्त क्षेत्र रामानन्द चोकमा जेब्रा क्रसिङ (Zebra Crossing) निर्माण गरिएपछि सर्वसाधारणलाई सडक पार गर्न निकै सहज भएको छ।

यसअघि उक्त क्षेत्रमा जथाभावी रूपमा सडक पार गर्ने क्रम बढेका कारण साना–ठूला दुर्घटनाका घटना समेत हुने गरेका थिए। पैदलयात्रीका लागि स्पष्ट व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापनमा समेत चुनौती देखिँदै आएको थियो।

हाल जेब्रा क्रसिङको व्यवस्था भएपछि पैदलयात्रीले सुरक्षित रूपमा सडक पार गर्न पाएका छन् भने सवारी चालकहरू पनि सचेत भई गति नियन्त्रण गर्न थालेका छन्। यसले समग्रमा दुर्घटनाको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीले बताएका छन्।

स्थानीय र ट्राफिक प्रहरीका अनुसार यस्ता संरचना अन्य व्यस्त चोकहरूमा समेत विस्तार गर्न सके शहरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?