जनकपुरधाममा चैती छठको रौनक, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

२०८२ चैत्र १०, मंगलवार ११:५४

जनकपुरधाम चैत्र १०— मिथिलाञ्चलको आस्थाको महान् पर्व चैती छठ जनकपुरधाममा श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। पर्वको मुख्य अनुष्ठानअन्तर्गत आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गर्नेछन्।

जनकपुरधामका गंगासागर, धनुषसागर, अर्गजासर लगायतका पवित्र जलाशयहरूमा व्रतालु र श्रद्धालुहरूको भीड बढ्दै गएको छ। छठ पर्वको अवसरमा घाटहरू सजाइएका छन् भने व्यवस्थापनका लागि स्थानीय प्रशासन र स्वयंसेवकहरू परिचालित भएका छन्।

चार दिनसम्म कठोर नियम, निष्ठा र निराहार व्रतका साथ मनाइने यस पर्वमा व्रतालुहरूले सूर्यदेवको आराधना गर्दै स्वास्थ्य, सुख–समृद्धि तथा मनोकामना पूरा हुने विश्वास राख्छन्।

छठ पर्वको समापन भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?