काठमाडौं, चैत्र १४: नेकपा एमालेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आयोजित प्रदर्शनका बेला स्थिति तनावग्रस्त बनेपछि प्रहरीले बल प्रयोग गरेको हो।
प्रदर्शनकारीहरू सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको बताइएको छ। लाठीचार्जका क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन्।
घाइतेको टाउकोमा चोट लागेको जनाइएको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
घटनापछि केही समय सो क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो।






