पानीमा डुबेर एक युवकको शव फेला

२०७९ पुष १४, बिहीबार १३:३७

मधेश प्रदेश: मा पानीमा डुबेर एक युवकको शव फेला परेको छ ।     बिहीबार बिहान करिब साढे ६ बजे मोहतरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर–५ चाँदनी चोकस्थित जनकपुरधाम–जलेश्वर सडक खण्डको कल्भर्टमा जमेको पानीमा युवकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय सहोडवाबाट खटेको टोलीले शव फेला पारेको सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । शवको पहिचान खुल्न नसकेको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?