खराब मौसमको कारण जनकपुरकोलागि उडेको जहाज पुनः काठमाडौ फर्के,

२०७९ पुष १४, बिहीबार १६:२९

काठमान्डौबाट जनकपुरको लागि उडेको बुद्ध एयर जहाज पुनः काठमान्डौ नै फर्किएको छ ।साँझ ५ः२० बजेको लागि भनिएको बुद्ध एयरको यु–४ ५०७ नम्बरको एडिआर जहाज जनकपुरको आकाशबाटै पुनः काठमान्डौँ फर्किएको हो ।साँझ ५ः२० बजेको बुद्ध एयरको सो जहाज बेलुकी ७ः३० मात्र उडान भरेको थियो । दुई घण्टा ढिलो गरी उडेको सो जहाज जनकपुरको आकाशबाट फर्किएको हो ।जनकपुरधामस्थित एयरपोर्टमा भिजिबिलिटी नभएको भन्दै जहाज पुनः काठमान्डौँ फर्किएको बताईएको छ। जनकपुर क्षेत्रमा मौसम खराब र बाक्लो हुस्सु लागेको छ । एयरपोर्टमा भिजिबिलिटी अन्त्यन्त कमजोर भएपछि जहाज फिर्ता भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?