नयाँ वर्षमै हरियाली सन्देश: सरसफाइ र वृक्षरोपण कार्यक्रम सम्पन्न

२०८३ बैशाख २, बुधबार १२:५०

नयाँ वर्ष २०८३ को पावन अवसरमा होटल सिद्धार्थ दियालो द्वारा “ग्रीन सिटी अभियान” अन्तर्गत सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

पर्यावरण संरक्षण तथा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा होटलका कर्मचारीहरू—प्रतिज चौधरी, रोजी राई, अफरोज आलम, विपिन राना मगर, सुमित शाह तथा सन्तोष परिक लगायत—को उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै सहायक अपरेसन म्यानेजर रमेश पाठकले यस्ता वातावरणमैत्री पहलहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, एफ एण्ड बी म्यानेजर प्रतिज चौधरीले भन्नुभयो, “यस्ता कार्यक्रमहरूले वातावरणप्रति हाम्रो जिम्मेवारीलाई अझ सुदृढ बनाउँछन् र सबैलाई स्वच्छ तथा हरियाली सहर निर्माणमा प्रेरित गर्छन्।”

यसै क्रममा कर्मचारी रोहन सिंहले भन्नुभयो, “पर्यावरण संरक्षण आजको आवश्यकता मात्र नभई हाम्रो दायित्व पनि हो। यस्ता गतिविधिहरूले हामीलाई समाजप्रति अझ जिम्मेवार बनाउनुका साथै भावी पुस्ताका लागि स्वच्छ र हरियाली वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।”

“Make This Year Green and Clean” भन्ने नारासहित होटलका निर्देशक विशाल पटवारीको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?