काठमाडौँ । सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। विवादित व्यक्तिसँगको सम्बन्धबारे चौतर्फी आलोचना बढेपछि उनले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामापछि प्रधानमन्त्री शाहले गृह मन्त्रालयको जिम्मेवारी हाललाई आफैंसँग राख्ने निर्णय गरेका छन्। निकट स्रोतका अनुसार तत्काल नयाँ गृहमन्त्री नियुक्त गर्ने योजना छैन।
गुरुङसँग सम्बन्धित विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी भइरहेको छ। समितिको प्रतिवेदन नआएसम्म मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहनेछ। छानबिनबाट दोष नदेखिएमा गुरुङलाई पुनः जिम्मेवारी दिन सकिने संकेत पनि दिइएको छ।






