जनकपुरधाम : लमही । लुम्बिनी प्रदेश प्रहरीअन्तर्गत वडा प्रहरी कार्यालय लमहीको सक्रियतामा इनारमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ।
प्रहरी निरीक्षक रोशनराज पाण्डेय, प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज चन्द, प्रहरी नायव निरीक्षक मनोहर चौधरी लगायतको टोलीले नेपाली सेनाका मेजर राजकुमार गिरीसँग समन्वय गर्दै तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए। तीव्र प्रयासपछि महिलालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ।
उद्धारपछि घाइते महिलालाई उपचारका लागि लमही अस्पताल लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।
जनताको जीवनरक्षामा लुम्बिनी प्रदेश प्रहरी सधैं अग्रपंक्तिमा रहेको यस घटनाले पुनः प्रमाणित गरेको छ।






