अस्पतालमा अनधिकृत भिडियो र होहल्ला गरे कडा कारबाही हुने

२०८३ बैशाख १७, बिहीबार १०:३७

काठमाडौं : स्वास्थ्य मन्त्री नीशा मेहता ले अस्पतालभित्र जथाभावी फोटो–भिडियो खिच्ने र अनावश्यक होहल्ला गर्ने प्रवृत्तिविरुद्ध कडा कदम चाल्न निर्देशन दिएकी छिन्। स्वास्थ्य मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको नयाँ नियमअनुसार अब अस्पतालको अनुमति बिना भिडियो खिच्ने, अन्तर्वार्ताको बहानामा भीडभाड गर्ने वा चिकित्सकको काममा अवरोध पुर्‍याउने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिइनेछ।

 

बिरामीको गोपनीयता उल्लंघन गर्ने र अस्पतालको वातावरण बिगार्ने जोकोहीमाथि ‘मुलुकी अपराध संहिता’ अनुसार कडा कानुनी कारबाही गरिने स्पष्ट गरिएको छ। मन्त्री मेहताले उपचारमा असन्तुष्टि भएमा तोडफोड वा अव्यवस्थित गतिविधि नगरी कानुनी प्रक्रिया अपनाएर उजुरी दिन आग्रह गर्दै, नियम उल्लंघन गर्नेलाई कुनै पनि हालतमा छुट नदिइने चेतावनी दिएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?