जनकपुरको मेन हाइवे डम्पिङ साइट: खाली रक्सीका बोतल थुपारेर खुला व्यापार

२०८३ बैशाख १७, बिहीबार ११:४७

जनकपुरधाम:  जनकपुरधाममा मुख्य सडक क्षेत्रमै जथाभावी व्यापार बढ्दै जाँदा शहरको सौन्दर्य मात्र होइन, सर्वसाधारणको दैनिक आवतजावतसमेत प्रभावित भएको छ। विशेषगरी मेन हाइवेअन्तर्गत बागवानी अगाडि खाली वियर र रक्सी  का बोतलहरू सडककै छेउमा थुपारेर व्यापार गरिँदा पैदल यात्री र सवारी चालक दुवैलाई समस्या भएको छ।

 

सडक अतिक्रमणजस्तो देखिने यस्तो गतिविधिले ट्राफिक व्यवस्थापनमा अवरोध सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ। सार्वजनिक स्थानलाई निजी व्यापारका लागि प्रयोग गर्दा नगरको सुन्दरता बिग्रिँदै गएको भन्दै सरोकारवालाको ध्यानाकर्षण होस स्थानीयले बताएका छन्।

 

स्थानीयवासीहरूले सम्बन्धित निकायसँग यस्ता अव्यवस्थित व्यापार नियन्त्रण गरी सडकलाई सुरक्षित र व्यवस्थित बनाउन माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?