साहसको सीमाना छैन: बालकले समुद्र चिर्दै बनायो इतिहास

२०८३ बैशाख १९, शनिबार १०:४४

काठमाडौं।अत्यन्त सानो उमेरमै असाधारण साहस देखाउँदै ९ वर्षीय बालक ईशांक सिंहले श्रीलंकाबाट भारतसम्म करिब ३० किलोमिटर दूरी पौडी खेलेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

उनले करिब ९ घण्टा ५० मिनेटको समय लगाएर समुद्र पार गर्दै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। यति कम उमेरमा यति ठूलो चुनौती पार गर्नु आफैंमा अत्यन्तै प्रेरणादायी र उल्लेखनीय मानिएको छ।

ईशांकको यस उपलब्धिले केवल उनको व्यक्तिगत क्षमता मात्र होइन, बालबालिकामा पनि दृढ इच्छाशक्ति, मेहनत र आत्मविश्वास भए असम्भव जस्तो देखिने लक्ष्य समेत पूरा गर्न सकिन्छ भन्ने सशक्त सन्देश दिएको छ।

उनको यो साहसिक यात्राले विश्वभरका बालबालिका र युवापुस्तालाई नयाँ उचाइ छुने प्रेरणा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?