जनकपुरधाम — जनकपुर–ढल्केबर सडकखण्डमा आज भएको सवारी दुर्घटनामा इलेक्ट्रिक स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा संलग्न सवारी बा.प्र. ०१–०३१ च ९०६३ नम्बरको अस्कर्पियो रहेको खुलेको छ। तर, ठक्कर कसरी लाग्यो भन्ने विषय हालसम्म खुलेको छैन।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि महिलाको अवस्था गम्भीर बनेको थियो र केही समयमै उनको ज्यान गएको हो। साथै, स्थानीय स्तरमा ती महिला गर्भवती हुन सक्ने आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।
दुर्घटनास्थलमा अहिले स्थानीय बासिन्दा तथा प्रहरीको उपस्थिति रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






