काठमाडौँ : तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीया ललिसा थापा रहेको प्रहरीले जनाएको छ।
घरको आँगनमा बसिरहेका बेला अचानक चट्याङ लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।






