गोली हानी हत्या गर्ने पक्राउ

२०७९ पुष २०, बुधबार १७:३४

बजेको समयमा जिल्ला धनुषा मुखियापटृी मुसहरनिया गा.पा.वडा नं.२ बस्ने अं.वर्ष ५० को धनुषधारी दास आफ्नै घर बरण्डामा बिग्रीएको पानी पम्प सेट बनाई रहेको अवस्थामा नम्बर नखुलेको २२० सि.सि.को रातो पल्सर मोटर साईकलमा सवार भई आएका २ जना अपरिचित व्यक्तिहरुले निज दासलाई गोली प्रहार गरी सख्त घाईते बनाई बोडरको बाटो हुँदै भागी फरार भएको तथा निज घाईतेलाई उपचारको लागी प्रादेशिक अस्पतालमा ल्याउदा मृत्यू भएको भन्ने व्यहोराको सुचना प्राप्त भएको हुनासाथ तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोज तलाश गर्दै जाँदा यस घटनाका मुख्य योजनाकार निज मृतक धनुषधारी दासको जेठो छोरा अं. वर्ष २१ को प्रदीप दास, घटनाका सहयोगि निज मृतककै आफ्नै सहोदर ज्वाँई जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं. ५ सहोडवा वस्ने अं. वर्ष ३४ को उदय दास र मृतकलाई गोली हान्ने ( सुटर ) जिल्ला धनुषा नगराईन न.पा. वडा नं. २ वस्ने अं. वर्ष २१ को रंजित कुमार यादवलाई हत्या गर्न प्रयोग गरेको कटुवा पेस्तोल नाल १, सो कटुवा पेस्तोलमा लाग्ने गोलीको खोका थान १, अटोमेटीक पेस्तोलमा लाग्ने म्याग्जीन थान १, अटोमेटिक पेस्तोलको गोली राउण्ड १ सहित पक्राउ गरि यस कार्यालयमा ल्याई सम्मानित धनुषा जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा हा.ह.ख.ख. मुद्दा शिर्षकमा म्याद लिई घट्ना सम्बन्धमा थप अनुसन्धा कार्य भई रहेको, र यस घट्नामा संलग्न अन्य शंकित व्यक्तिहरूको समेत खोजी कार्य भई रहेको ।घटनामा संलग्न पक्राउ व्यक्तिहरू–१) जिल्ला धनुषा नगराईन नगरपालिका वडा नं.२ जटही बस्ने अं.वर्ष २१ को रंजीत कुमार यादव ।२) जिल्ला धनुषा मुखियापटृी मुसहरनिया गाँउ पालिका वडा नं.२ बस्ने मृतक धनुषधारी दासको छोरा अं.वर्ष २१ को प्रदीप दास ।३) जिल्ला महोत्तरी पिपरागाँउ पालिका वडा नं.५ सहोडवा बस्ने मृतक धनुषधारी दासको ज्वाँई वर्ष ३४ को उदय दास ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?