अशाेक झा :राजबिराज ।बिगत केही दिन यता सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेका कारणले यहाकाे जनजिवन कष्टकर बन्दै गएको छ । साेहि क्रममा अत्यधिक चिसाेका कारणले कठयाङगिएर सप्तरीमा एक जनाकाे मृत्युु भएको छ । मृत्युु हुनेमा सप्तरीकाे तिलाठि काेईलाडी गाउपालिका अन्दाजि ५० बर्षिय राज कुमार सदा रहेकाे छ । अत्यधिक चिसाेका कारणले कठयाङग्रिएर सदाकाे मृत्युु भएको स्थानीयहरुले बताएका छन ।
मृतक परिवारलाई खान लगाउन समेत समस्या भएकोले उनकाे कठयाङगिएर मृत्युु भएको वडाअध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए । बिगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेका कारणले यहाकाे जनजिवन निकै कष्टकर बन्दै गरेको छ । चिसाे बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनकाे लागि अधिकाश सामुदायिक विघालयहरु समेत बन्द गरेका छन । भने कतिपय पालिकाहरुले चाेक तथा सार्वजनिक ठाउमा दाउराकाे व्यवस्था गरि आगाे बालन्ने व्यवस्था समेत मिलाएको छ ।





