सूर्य हेरिटेज होटल अब आधिकारिक रूपमा चारतारे हेरिटेज होटल

२०८३ असार १९, शुक्रबार १५:०९

काठमाडौं,१९ असार ; सूर्य हेरिटेज होटल प्रा.लि. ले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग बाट आधिकारिक रूपमा चारतारे हेरिटेज होटल को वर्गीकरण प्राप्त गरेको गौरवपूर्ण जानकारी सम्पूर्ण शुभेच्छुक, ग्राहक, पर्यटन व्यवसायी तथा सर्वसाधारणमा हार्दिक रूपमा जानकारी गराउन चाहन्छ।

यसअघि तीनतारे होटलको रूपमा सञ्चालन हुँदै आएको सूर्य हेरिटेज होटलले सेवा, सुविधा, पूर्वाधार तथा आतिथ्य सेवामा निरन्तर सुधार गर्दै नेपाल सरकारद्वारा निर्धारित सम्पूर्ण मापदण्ड सफलतापूर्वक पूरा गरेपछि चारतारे हेरिटेज होटल को आधिकारिक मान्यता प्राप्त गरेको हो।

ठमेल–२६, कपुरबोटमा अवस्थित यस होटलमा १०० सुविधासम्पन्न अतिथि कक्ष, ३६० डिग्री दृश्यसहितको रूफटप स्विमिङ पुल, अत्याधुनिक स्पा, जिम, सम्मेलन तथा बैंक्वेट हल, हेरिटेज रेस्टुरेन्ट, क्याफे तथा इन–हाउस बेकरी लगायत अन्तर्राष्ट्रियस्तरका आधुनिक सुविधाहरू उपलब्ध छन्। नेपाली मौलिक संस्कृति, परम्परागत वास्तुकला र आधुनिक सुविधाको उत्कृष्ट संयोजन नै सूर्य हेरिटेज होटलको विशेष पहिचान हो।

यस ऐतिहासिक उपलब्धिको नेतृत्व प्रबन्ध निर्देशक श्री उत्तम बहादुर शाक्य ले गर्नुभएको हो। साथै अपरेसन म्यानेजर श्री गोपाल जंग खड्का, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर श्री सुमन प्रसाद श्रेष्ठ, फुड एण्ड बेभरेज म्यानेजर श्री प्रतिज चौधरी, एक्जिक्युटिभ सेफ श्री प्रदीप गुरुङ, हाउसकिपिङ म्यानेजर श्रीमती सन्तोषी पौडेल, फ्रन्ट अफिस म्यानेजर श्री उज्ज्वल श्रेष्ठ तथा सम्पूर्ण सूर्य हेरिटेज होटल परिवारको अथक मेहनत, समर्पण र उत्कृष्ट सेवाले यस सफलतालाई सम्भव बनाएको हो।

यस अवसरमा सूर्य हेरिटेज होटल सम्पूर्ण अतिथि, शुभेच्छुक, व्यापारिक साझेदार तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनमा पनि विश्वस्तरीय सेवा, नेपाली आतिथ्य र हेरिटेज अनुभव प्रदान गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धता रहनेछ।

“हामी गर्वका साथ सम्पूर्णमा जानकारी गराउन चाहन्छौं कि सूर्य हेरिटेज होटल अब नेपाल सरकारद्वारा आधिकारिक रूपमा वर्गीकृत चारतारे हेरिटेज होटल बनेको छ। तपाईंहरूको विश्वास, साथ र सहयोगप्रति हार्दिक धन्यवाद।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?