गृहमन्त्री लामिछानेको निर्णय

२०७९ पुष २३, शनिबार ११:१६

पुस २३ / २०७९  काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् ।

‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारी क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु ।

गृहमन्त्रीको सुरक्षा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राख्दै आएका छन् ।

भैपरि आउँदाको परिस्थितिलाई अपवाद मानिदिनुहोला,’ शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?