मटिहानि नगरपालिकामा जनमत पार्टीको कार्यकर्ताहरुले ठाँउ ठाँउमा दाउराको व्यवस्था ,

२०७९ पुष २६, मंगलवार १०:३२

महाेत्तरी/ (कुमार पंकज)–
मटिहानि नगरपालिकामा जनमत पार्टीको कार्यकर्ताहरुले सितलहर संगै बढेकाे जाडाे बच्न आगो ताप्ने व्यवस्था मिलाएको छ । नगरपालिकाको ९ वटै वडाका जनमत पार्टीको युवा कार्यकर्ता र स्थानीयहरुको रोहबरमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न दाउरा उपलब्ध गराएको छ । केहिदिनदेखि सितलहरी सुरु भएकाले ठाउठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको जनमत पार्टीको कार्यकर्ता युवा नेता संजय साहले एवन न्युजलाई बताए। जनमत पार्टीको युवाहरुले यस वर्ष जाडोबाट बँच्न आगो ताप्न ३ टेक्टर(३चटा) दाउराको व्यवस्था गरेको छ । यस्तै युवाहरुले वन बाट दाउरा किनेर नगर भित्र आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै युवा नेता मनिष ठाकुरले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न आग्रह गरे ।नगरले बजार क्षेत्रमा,चौक,वडा कार्यालय,मन्दिर,गाउको बीच लगायत हरेक वडाको बीच स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको ठाकुरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?