सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

२०७९ पुष २८, बिहीबार १६:३९

– उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी मागेको बताइएको छ । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो ।

जिल्ला अदालत काठमाडौँले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

शिवम साह -जलेश्वर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?