प्रकाश शर्मा सल्यानको शारदा नगरपालिकाले गत मंसीर २६ गते १ नंम्बर वडामा पर्ने श्रीनगर बसपार्क लाई आधुनीक बनाउने भन्दै ऐलानी जग्गामा बनेका घरटहरा आफै हटाउन अनुरोध सहीत ३५ दीने सुचना जारी गर्यो, उक्त सुचनाको म्याद सकीन ३ दिन मात्र बाँकी हुदा १ गते भीत्र सबै सामानहरु र टहरा हटाउन अनुरोध गर्दै अर्को सुचना जारी गरेको थीयो । तर श्रीनगर बसपार्क भीत्र रहेका वासीन्दा ठाँउ नछाडने भन्दै जिद्दी गरीरहेको बेला नगर प्रमुख प्रकाश भण्डारीले आज बसपार्क क्षेत्रका वासीन्दाहरु संग भेटेर आँफुलाई सहयोग गर्न अनुरोध गरेकाछन । नगर प्रमुख प्रकाश भण्डारीले आज बिहानै श्रीनगरमा आधुनीक बसपार्क बनाउदा क्षती पुग्ने सबै संग छलफल चलाउदै , आफुले समेत वास्तबिक पीडीतको समस्यालाई पहीचान गरी जतीसक्यो चाँडो सामाधान गर्ने प्रतीवदता समेत ब्यक्त गरेकाछन ।
नगरपालिकाको मात्र नभै सल्यानको गौरवको आयोजना भयकोले यसलाई आधुनीक बनाई समग्र जिल्लाकै बीकाशका लागी सबैले साथ दीन आवस्यक रहेको उनले बतायका छन ।
छलफल पछी स्थानीयहरु आँफैले घर तथा टहरा खाली गरी साथ दीईरहेकाछन ।
छलफलका क्रममा बसपार्क भित्र अस्थाई रुपमा बसोबास गदै आईरहेकी सीवकली परीयार लाई नगर प्रमुख भण्डारीले आँफैले कोठा खोजी अर्को ब्यवस्था नहुनजेल सम्मको लागी कोठा भाडा समेतको ब्यवस्था गरीदीएकाछन ।
सबैको प्यारो तथा सहयोगी र मनकारी तथा सफल राजनीगेको छबी बनाउन सफल प्रकाश लामो समय देखी समाजसेवामा अनवरत रुपमा लागीरहेकाछन ।
फोटो फीचर:-








