जनकपुरधाम/ ( कुमार पंकज)
माघे संक्रान्ति अर्थात मधेसी समुदायमा तिलासकराइत पर्व आज स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी र मधेसी समुदायमा तिलासक्रात पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । मधेशका मैथिली लगायत मधेशी समुदायले आजको दिनमा तील, च्युरा, मुरही लगायतको परिकारलाई सक्खर मिलाएर लड्डु (लाइ) बनाउने गर्दछन् । नुहाएर तिलचामल चढाएर खानुको साथै लाइ घ्यु, खिचडी खाने चलन छ । आफ्ना छोरीको घरमा ती परिकारहरु कोसेलीको रुपमा पठाउने चलन समेत मिथिलाञ्चलमा रहेको छ । जनकपुरधामको विभिन्न पोखरी तलाउ गङगासागर, धनुष सागर, दशरथ तलाउ र अर्गजा पोखरीमा स्नान गरेर तिल दाल गर्दा सुन दान बराबर को पुन्य प्राप्त हुने मान्यता रहेको छ ।
धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ ।





