प्रकाश शर्मा सल्यानका प्रमुुख ब्यापारीक शहरहरुमा अखाध्य सामाग्री बिक्री बीतरण गर्ने गरेको पाईएको छ । जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, बन्गाड कुपीन्डे नगरपालिका, त्रिवेनी गाँउपालिका, कपुरकोट गाँउपालिकाका बजारहरुका अखाध्य सामाग्रीको कारोबार गरेको पाईएको हो । जिल्लाका प्रमुख ब्यापारीक शहर श्रीनगर बजार, बागचौर बजार, थारमारे बजार, कपुरकोट बजार,सल्ली बजार र लुहाम बजारमा यस्तो कार्या भैरहेको पाईएको हो । हाम्रो टीमको स्थलगत अनुगमन पछी जिल्लाका अधिकांस बजारमा यस्तो अबैध कारोबार भैरहेको तथ्य प्राप्त भयको हो ।
बजार अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरुमा भएपनी यसको अनुगमन गरेको पाईदैन । अखाध्य बस्तु बेचने र ठुलो मात्रामा स्टोर गरेर राख्ने गरेको तथ्य प्रशासनलाई थाहा हुदाहुदै पनी मुखर्दशक बनेर बसेको छ । अखाध्य सामाग्री भेटीने बितीकै बस्तुलाई नस्ट गर्ने र आवस्यक कारवार्हि समेत गर्नुपर्ने भएपनी जिल्ला स्थीत सरकारी निकायहरु मुखदर्शक बनेर बसेको पाईन्छ ।
यसै बिचमा शारदा नगरपालिकाले आधुनिक बसपार्क निमार्णका लागी सरकारी प्रती ऐलान जग्गा भित्र बनेका अबैध संरचना भत्काउने क्रममा नगर प्रमुख प्रकाश भण्डारीको टीमले ठुलो मात्रामा घरमा स्टोर गरी राखेको अखाध्य सामाग्री तथा पीयपदार्थ फेला पारेको थीयो । फेला परे लगतै नगर प्रमुख भण्डारीको ठाडो निदेर्शन पछी जलायर नष्ट गरीएको छ ।
जिल्ला भित्रका प्रत्येक स्थानीय सरकारहरुले अनुगमन गरी कारवार्हि गर्न जरुरी देखीन्छ ।
भिडीयो हेर्न यहाँ थिच्नुहोस:- भिडीयो
फाईल तस्बिर :








