जनकपुरधाम/ ( कुमार पंकज )
स्मालिङन नेपाल जनकपुरधाले आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो। जनकपुरधाम स्थित तपसी चौकमा कार्यक्रम सम्पन्न भएको हो ।
२०७९ माघ १ गते आइतबार पोखरामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेको हो ।विकाश अधिकारी कान्तिपुर सम्वादताको पनि उपस्तिथि रहेको थियो ।
विकाश अधिकारी ( कान्तिपुर सम्वाद्ता )ले भनिएको छ :
“काठमाडौँबाट पोखरातर्फ उडान भएको यति एयरलाइन्सको जहाज दुर्घटना भएको घटनाप्रति हामीले गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्दछौँ ।
नेपालमा प्रयोगमा रहेका धेरैजसो जहाजहरू पुरानो अवस्थामा रहेका छन् । त्यसरी पुराना भएका जहाजहरू प्रयोगमा ल्याउन मिल्थ्यो वा मिल्दैनथ्यो भन्ने विषयमा सरकारले आवश्यक जा“चबुझ गर्न कुनै कदम उठाएको देखिँदैन । त्यसरी लापरवाही गरिँदा विभिन्न दुर्घटनाको जोखिम भइरहने अवस्था रहेको छ । त्यसबारे आवश्यक कदम उठाउनका लागि हामीले नेपाल सरकारको ध्यान पनि आकर्षित गर्दछौँ ।
अन्त्यमा हामीले उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।”
त्यसैगरी, स्मालिङ नेपाल जनकपुरधामको सम्पुर्ण सदस्यहरु द्वारा पनि मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गर्दै हवाई दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।






