ईन्जिनीयर साह घुससहित अख्तियारको फन्दामा,

२०७९ माघ ३, मंगलवार १२:३५

सप्तरी / ( कुमार पंकज )

मधेश प्रदेशको सप्तरी जिल्लास्थितबाट एक ईन्जिनीयरलाई अख्तियारले रँगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घूसहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग निर्माण कार्यको भुक्तानी बापत घूस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनकै कार्यकक्षमा पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?