सर्लाहीमा कटुवा पेस्तोल सहित एक युवक प्रहरीको फन्दामा,

२०७९ माघ ४, बुधबार १५:१७

सर्लाही /(कुमार पंकज)
सर्लाहीमा कटुवा पेस्तोल लिएर घुमीरहेको एक युवक पक्राउ परेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारमा विशेष सूचनाको अधारमा खटेको प्रहरी टोलीले ईश्वरपुर ५ नरेशखोर बस्ने २२ वर्षीय संजित कुमार महतोलाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यादवको साथबाट कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा लाग्ने गोली १ थान बरामद गरिएको प्रवक्ता यादवले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?