बलिदान दिवसको अवसरमा राजविराजमा सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण,

२०७९ माघ ५, बिहीबार ०७:५५

सानो कुमारी चौधरी_ राजबिराज: प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पुरा भएको छ ।आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहिद भएका थिए ।प्रथम बलिदानीको सम्झनामा मधेसकेन्द्रित दल र प्रदेश सरकार माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । सहिदहरुको सम्झनामा राजविराज अवस्थित वल्ड भिजन मोडर्न क्याम्पसमा मधेशको लागि ज्यानको आहुती दिने ज्ञात, अज्ञात सबै सहिदहरु प्रती श्रद्धाञ्जली व्यक्त गरेको हो । मधेस आन्दोलनमा सहादत दिने सहिदहरुको सम्झनामा ५ मिनेटको मौनधारण गरियो थियो । तथा घाइते सहिदहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शम्भु यादव, रोसन साह, सुमन ठाकुर लगायतका शिक्षक, शिक्षिका र विद्यार्थीहरुले आफ्नो मनतव्य व्यक्त गरेका थिए । मन्तव्यको क्रममा ” मधेशमा २०६२/६३ मा जुन आन्दोलन भयो । त्यस आन्दोलनले मधेशी जनताको हक, हितका लागी गरिएका थिए। मधेशी जनताको हक अधिकार दमन, शोषण, अन्याय, अत्याचारका विरुद्धमा आवाज उठाउने क्रममा मारिएका थिए। त्यही भएर हामी मधेशी जनता एकजुट भएर, सहिदहरूको योगदान, बलिदानको कदर गर्दै आफ्नो मधेशको लागि आवाज उठाउनु पर्छ। हामीले सहिदको बाटोमा हिड्नु पर्छ। सहिदको फोटोमा, तिलक लगाएर, मैनबूती बालेर र मौनधारण गरेर मात्रैमा सहीदको आत्माले शान्ति पाउँदैन। हामीले मधेशको लागी योगदान, बलिदान दिए। सहीद‌हरू खुशी हुन्छ, भन्ने भाव व्यक्त गरिएको थियोहामीले आफ्नो मधेशको लागि हक हितका लागि सहीदहरुको मार्गमा लाग्नुपर्छ, मधेशी, जनताको जुन हक अधिकार दमन, शोषण हुदैछ, त्यसको विरोधमा आवाज उठाउनुपर्छ ।”२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो ।बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।प्रदेश सरकार सहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?