काठमाडौं (कुमार पंकज)/
जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा उशहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभामा सभामुखको निर्वाचन भइरहेको छ । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन् ।
मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाए । त्यस्तै बिहिवार दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।प्रदेश सरकार सहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।






