जनकपुरधाम/(कुमार पंकज)
जनकपुरधाम उपनगरपालिका-7 माछा बजार स्थित मुख्य चौकको मछा मासु पसलबाट निस्कने फोहोरका कारण आसपासको क्षेत्र प्रदूषित बनेको छं । माछा मासु व्यवसायीले फाल्ने फोहोर र दूषित पानीका कारण मुख्य चोक दुर्गन्धित भएको हो । स्थानीयले पटक/पटक सडकमा फोहर नफाल्न विरोध जनाएपनि नगरपालीका लगाएत वडाले चासो नदेखाएको स्थानीयको आरोप छ । डिभिजन सड़क कार्यालयले सडक बनाए पनि त्यसको बीच बिचमा खाल्डाखुल्डी अहिले रहेको कारणले दिनहुु मोटरसाइकल दुर्घटना हुँदै आएको छ ।
होटल व्यवसायीले नालामा छाडेको पानी सडकमा बग्न थालेपछि दुर्गन्ध बढेको छ । नालाबाट पानी बग्न छाडेपछि फोहोर पानीले गन्हाउने भएको स्थानीयको भनाइ रहेको छ ।
- यता वडाध्यक्ष र नगरपालिकामा पटक पटक उजुरी दिए पनि कुनै चासो न देखाएको स्थानीयले बताए । सडकमा फोहोर जथाभावी पानीले गर्दा सवारी पार्किङ र स्थानीयलाई आवतजवात गर्नमा पनि कठिनाई भैरहेको स्थानीयले बताए ।






