जनकपुरधाम/(कुमार पंकज) ।
विद्याकी देवी माता सरस्वतीको प्रतिमा बनाउन अहिले जनकपुरको मुर्तिकारहरुलाई भ्याईनभ्याई भएको छ। आउँदो माघ १२ गते श्रीपञ्चमीको दिन नजिकिदै गएपछि मुर्तिकारहरुलाई अहिले सरस्वतीको प्रतिमा बनाउन व्यस्त देखिएका हुन् । जनकपुरको विभिन्न स्थानमा दर्जनौको संख्यामा मुर्तिकारहरुले सरस्वतीको प्रतिमा बनाउन थाल्दै
आएका छन् । श्रीपञ्चमीका दिन विद्यालय तथा चौक चौकमा विद्यार्थीहरुले माटोले बनाईएको सरस्वतीको प्रतिमा खरिद गरी धुमधामका साथ पुजाआजा गर्ने चलन रहेको छ । जनकपुर उपमहानगरपालिका क्याम्पस चौकका मुर्तिकार सर्बोत पण्डितले सरस्वतीको प्रतिमा बनाउने कार्यलाई तीव्रता दिएका छन् । विगत केही दिन देखि घाम उदाउन नसकेको कारण मुर्ति बनाउन ढिलाई भयो उनले भने आज देखि घाम निस्कन थालेपछि प्रतिमा बनाउन थालिएको छु । विगत ११ वर्ष देखि निरन्तर सरस्वतीको प्रतिमा बनाउन थालिएपनि यस वर्ष करिब २८ भन्दा बढी मुर्ति बेच्ने लक्ष्य लिएको समेत उनले बताए ।
एउटा मुर्ति निमार्ण गरेर बेच्दा आधा रकम बचत हुने भएकोले यसवर्ष आफुले पाँच हजार सय रुपैया देखि तीस हजारसम्ममा बिक्री हुने मुर्ति निमार्ण गरेको पण्डितले बताए । मुर्ति बेचेर यो वर्ष करिब चार लाख रुपैयासम्म कमाउने लक्ष्य समेत उसको रहेको छ । सरस्वती पुजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र आर्थिक कमाउने उदेश्यले आफुहरु माटोबाट कलात्मक प्रतिमा बनाउन थालेको बताउँदै पण्डितले भने आफुसँगै अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारी समेत दिएको छु। केही समयका लागि भएपनि चाडपर्वको बेला विभिन्न देवीदेवताको मुर्ति बनाउँदै आएको उनले बताए ।






