सप्तरी/(कुमार पंकज)।
सप्तरीको डाक्नेस्वरी नगरपालिकाको वाड न.९ पर्ने लक्षणपट्टीको वाड कार्यालय बिगत ६ वर्षदेखि भाडामा सञ्चालन भइरहेको छ । आफ्नो पहिलो कार्यकाल पुरा गरि दोस्रो स्थानीय चुनावमा पनि वाड अध्यक्ष पदमा कर्णदेव चौधरी निर्वाचित भएको सात महिना बितिसक्दा पनि वाड कार्यालय भाडामै सञ्चालन र सेवा प्रवाह गरिरहेको छ्न ।
वाड अध्यक्ष चौधरीले आफनै निजि घरमा वाड कार्यालयको सेवा प्रवाह गरिरहेका छ्न । स्थानीय सरकार पाँच वर्षको कार्यकाल बितिसक्दासमेत चौधरीले गाउँका सिंहदरबार भनिने स्थानीय तहको आफ्नै भवन नहुँदा बर्सेनि लाखौं रकम भाडामै खर्च हुने गर्छ । भाडामा लिएका घरमा सेवाग्राही नै नअटाउने साँघुरा कोठाबाट कार्यालय सञ्चालन गर्नुपर्दा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीले विभिन्न समस्या झेल्दै आएका छन्। वाड अध्यक्ष चौधरीले वर्षको एक लाख भाडा खर्च बापत लिने गरेको खुलासा गरेका हुन ।






