सप्तरी जिल्लामा वसन्त पञ्चमी सरस्वती पुजा धुमधामसंग मनाइदै

२०७९ माघ १२, बिहीबार १०:३३

सानो कुमारी चौधरी  :-राजविराज (सप्तरी)स्थिति क्यालिवर इन्टरनेशनल कलेज-६ मा वसन्त पञ्चमी सरस्वती पूजाकोछुट्टै चहलपहल छ्न। यस कलेजका सम्पूर्ण शिक्षि विद्यार्थी सरवस्ती पुजा धुमधामका साथ मनाइ रहेको छ्न ।कलेजका छात्राहरुले कलश यात्रा निकाली सरस्वती पुजा धूमधामका साथ मनाइ रहेका छ्न । विद्यार्थी हरु सरस्वती माताको श्रद्धा भावले पूजा, प्राथना, बुद्धि, ज्ञान, विद्या समेत प्राप्तिको कामना र पूजाआर्जाना गर्नेहरुको भिड लगेका छ्न ।

आज बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् । सूर्य उत्तरतिर लागि दिन लामा हुनेर बसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई बसन्तपञ्चमी पनि भन्ने गरिन्छ । आजबाट शिशीर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्दछ । हिन्दु धर्मालम्वीका साथै बौद्ध धर्मालम्बीहरुले पनि विद्याधका प्रतीक मञ्जुश्रीको पुजा आरधना गर्ने चलन छ ।
ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । एक पटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ र आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?